बिहान सम्म २५ प्रतिशत मत खस्यो


काठमाडौँ, १४ मङ्सिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि जारी मतदान क्षेत्रमा कडा सुरक्षाको व्यवस्था गरिएको छ ।

पोखरा र डोटीमा बम विस्फोट भएतापनि कुनै क्षति भएको छैन । बिहान साढे ११ बजेसम्म करिब २५ प्रतिशतभन्दा बढी मत खसेको छ । अहिले शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका बताएको छ ।

पोखरा महानगरपालिका–३३, बरपाण्डे थुम मतदान स्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएपछि मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताएका छन् ।

सुनसरी जिल्ला धरान उपमहानगरपालिकामा ११ बजे सम्म २० प्रतिशत मतदान भइसकेको सुनसरी प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताएका छन् ।
मोरङको धनपालथान गाउँपालिका–२ मा वडा अध्यक्षको लागि मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्