चतरा आश्रमका ‘सिद्धबाबा’ विरुद्ध बलात्कारको उजुरी दर्ता


काठमाडौँ, १३ मङ्सिर । सुनसरी चतरा आश्रममा बस्ने कृष्णदास गिरी (सिद्धबाबा ) विरुद्ध आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

पीडित महिलाले गिरी माथि जाहेरी दिएपनि प्रहरीले मानेका थिएन ।पीडितले काठमाडौँ प्रहरी परिसर, टेकु र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म पुगेपछि स्वास्थ्य परीक्षण गराएर फाइल सुनसरी पठाइएको थियो ।

गिरी विरुद्ध शुक्रवार जाहेरी दर्ता भएको र प्रहरी निगरानीमा अनुसन्धानमा भइरहेको रहेको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले गिरीले बताए । जाहेरी दिने महिला विरुद्ध पनि सार्वजनिक गाली बेइज्जतीको मुद्दा दायर गरेता पनि गिरीविरुद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको जिल्ला अदालतका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्