गायिका अनु बुढाथोकीको तीजको रौनकसहित ‘उता तीजको लहर’ सार्वजनिक हुँदै


सुन्दरहरैँचा । लोकसाङ्गीतिक क्षेत्रमा सक्रिय गायिका अनु बुढाथोकीले तीजको अवसर पारेर नयाँ गीत ‘उता तीजको लहर’ सार्वजनिक गर्ने तयारी गरेकी छन्। गीत आगामी शुक्रवार अनु बुढाथोकीकै आधिकारिक युट्युब च्यानल Anu Budhathoki मार्फत सार्वजनिक गरिने भएको हो।

महिला सशक्तीकरण, परम्परा र उत्सवको गहिरो सन्देश बोकेको यस गीतमा गायनसँगै अनु बुढाथोकीले अभिनय समेत गरेकी छन्। उनीसँगै अमृता खड्का र सरिता दाहालले पनि गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका छन्।

‘उता तीजको लहर’ गीतको शब्द यादव घिमिरे र नवीन गौतमको संयुक्त सिर्जना हो भने सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन्। कोरियोग्राफी अविनाश वि.क. र राजु बस्नेतको रहेको छ। भिडियो निर्देशन तथा छायाङ्कन चर्चित निर्देशक भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्। सम्पादन अनिल रानाले, मेकअप अशोक मण्डलले र निर्माण सुवास गिरीले गरेका छन्।

थाली इन्टरटेनमेन्टको सहकार्यमा तयार पारिएको गीतमा तीजको मौलिकता, संस्कार र आधुनिक सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गायिका बुढाथोकीको सशक्त स्वर, आकर्षक नृत्य र दृश्य संयोजनले गीतले दर्शक–स्रोतामाझ छुट्टै छाप छोड्ने विश्वास गरिएको छ।

https://www.youtube.com/@anubudhathoki4104

प्रतिक्रिया दिनुहोस्