करेन्ट लागेर संखुवासभा र मोरङमा दुई जनाको मृत्यु


विराटनगर । संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । दुवै घटना साउन ५ गते भएको हो ।

संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीस्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना मा कार्यरत कामदार कैलाली घोडाघोडीका ४० वर्षीय करण धर पौडेल सुरुङभित्र काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी पुर्‍याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

त्यसै गरी मोरङको केराबारी गाउँपालिका–८ मा रहेको महादेव क्रसर उद्योग मा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गोरखाका ३५ वर्षीय मंगल चेपाङ घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

दुवै घटनाबारे प्रहरीद्वारा आवश्यक अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्