‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा बेलबारीका प्रज्वल


विराटनगर । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् ।

पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ वर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै ‘फोर चियर टर्न’ गरेका थिए । भोटिङ राउन्डमा पुगेका उनका अनुसार कोचहरूबाट राम्रो प्रशंसा पाइरहेको छु । भोटिङ गरेर उपाधि दिलाउन उनले आग्रह गरेका छन् । ब्लाईन्ड अडिसनमा उनले ‘बाबुको जुँगो….’ बोलको गीत गाएका थिए । युट्युबमा राखिएको उनको प्रस्तुतिलाई १ लाख ९८ हजार दर्शकले हेरेका छन् ।

पौडेललाई ‘द भ्वाइस किड्स’ सिजन ४ को उपाधि दिलाउन खल्ती बाई आईएमई एप डाउनलोड गरी सत्य टिममा रहेको प्रज्वलको फोटोमा गएर भोट बटनमा गएर क्लिक गर्नुपर्छ । बालबालिकाको गायन रियालिटी सो ‘द भ्वाइस किड्स’ सिजन ४ जेठ ३० गते देखि सुरु भएको हो । सिजन ४ को कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेन्चुरी र मेलिना राई छन् । सत्यराज र खेम शोको नयाँ कोचका रूपमा भित्रिएका हुन ।

‘भ्वाइस किड्स’ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिएका छन् । सो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्