सुनसरीका विभिन्न स्थानबाट लागू औषधसहित पाँच जना पक्राउ


सुनसरी । सुनसरीका विभिन्न स्थानमा प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। साउन २ गते कोशी गाउँपालिका–१ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिएको हो।

त्यसै गरी इनरुवा नगरपालिका–४ मा चेकजाँचका क्रममा वराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रबिन विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले पक्राउ गरेको छ।

यस्तै, अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान–१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजासहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्