रामधुनीमा बाँस झ्याङभित्र लुकाइएकाे ३ सय किलो गाँजा बरामद


विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित बाँस झ्याङमा बेवारिसे अवस्थामा लुकाइएको अवस्थामा ठुलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।

साउन १ गते बेलुका इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट पंचायनबाट खटिएको गस्ती टोलीले १० वटा प्लास्टिकको पोका भित्र प्याक गरिएको करिब ३ सय किलोग्राम गाँजा फेला पारेको हो।

प्रहरीले गाँजा भेटिएपछि त्यसको ओसारपसारमा संलग्न व्यक्ति वा गिरोहको खोजी तीव्र पारेको जनाएको छ। गस्तीको क्रममा बाँसझ्याङमा शंका लागेर खोजतलास गर्दा गाँजा फेला परेको प्रहरी स्रोतले जनाएको छ।

हाल बरामद गरिएको गाँजा सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्