‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक साहित्यिक संस्थाको गठन


मोरङ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक नयाँ साहित्यिक संस्था गठन गरिएको छ। बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भेलाले लेखक तथा साहित्यकार केशु विरहीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।

समितिमा विष्णु भण्डारी आचार्य उपाध्यक्ष, नवराज पोखरेल ‘नवशिला’ सचिव, गीता कुलुङ राई सहसचिव, र चिरञ्जीवी काफ्ले कोषाध्यक्ष रहेका छन्। त्यसै गरी, प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, र लक्ष्मीप्रसाद फुयल सदस्य रहेका छन् भने तीन सदस्य पछि थप्ने निर्णय गरिएको छ।

भेलामा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, डा. छवि वैरागी घिमिरे, स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, र बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, प्रकाश भट्टराई, रमेशचन्द्र अधिकारी, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, दुर्गा न्यौपाने रुपाखेती, शान्ता भट्टराई, एकराज भट्टराई लगायतका स्रष्टा तथा कलाकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा साहित्य, कला र संस्कृतिका विविध पक्षमा छलफल गरिएको थियो। भेलाले स्थानीय साहित्यिक गतिविधिलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ को औपचारिक सुरुवात गरेको हो।

प्रतिक्रिया दिनुहोस्