तमु हृयुल छोज धिं गुरुङ राष्ट्रिय परिषद् बेलवारीको अध्यक्षमा रञ्जित गुरुङ


बेलवारी, १३ मङ्सिर । तमु हृयुल छोज धिं गुरुङ राष्ट्रिय परिषद् बेलवारी नगरको अध्यक्षमा रञ्जित गुरुङ चयन भएका छन् । नगर परिषद्को प्रथम अधिवेशनले रञ्जित गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

रञ्जित गुरुङ अध्यक्षमा १७ कार्य समिति निर्विरोध चयन भएको छ । उपाध्यक्षमा वीर ब.गुरुङ, सचिव कमल गुरुङ, सङ्गठन सचिव अशोक गुरुङ , प्रचार सचिव आशिष गुरुङ , कोषाध्यक्ष बिन्दु गुरुङ सदस्याहरु निरमाया गुरुङ, दिल माया गुरुङ, नैना बहादुर गुरुङ, पूर्ण कुमार गुरुङ, पिंकी गुरुङ, भीम कुमारी गुरुङ, जित बहादुर गुरुङ ,बाल कुमार गुरुङ र अन्य ३ जनालाई मनोनीत भएका छन् ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा तमु हृयुल छोज धिं गुरुङ राष्ट्रिय परिषद् १ न. प्रदेश अध्यक्ष कृष्णराज गुरुङले दीप प्रज्वलन गरेर भएको थियो ।

अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै तमु हृयुल छोज धिं गुरुङ राष्ट्रिय परिषद् मोरङ जिल्लाको सङ्गठन सचिव कृष्ण गुरुङले सामाजिक, राजनीतिक रूपमा सम्पूर्ण गुरुङहरूको एकताको निम्ति सबै भन्दा पहिले एउटा साझा संस्था चाहिने बताए । साझा संस्थामा एकता भएर हक अधिकार पहिचानको लागि आवाज उठाउनु पर्ने सचिव गुरुङले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्