केराबारीमा “दोस्रो कुसुमे उद्यौली कप २०७६” फुटबल प्रतियोगिता हुने


मोरङ, १३ मङ्सिर / केराबारीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” हुने भएको छ । कुसुमे साईनिङ क्लब केराबारी ९ मोरङको आयोजनामा खेल हुन गइरहेको हो ।

केराबारी ६ स्थित कुसुमे साईनिङ क्लब खेल मैदान यही मङ्सिर २० गते देखी सुरु हुने आयोजकले जनाएको छ । खेलमा ८ वटा टिमको सहभागिता रहने छ ।

आयोजक टिम कुसुमे साईनिङ क्लब , रोयल फुटबल क्लब दमक झापा, डाँगीहाट युथ क्लब मोरङ, इटहरी फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, लेटाङ फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ र पथरी फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाए ।

प्रतियोगितामा केराबारी गाउँपालिका कार्यालयको सहयोग रहेको क्लबका सचिव अमर राईले बताए । सचिवका अनुसार प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् । खेलको फाइनल मङ्सिर २६ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्