प्रधानमन्त्री ओली खतरामुक्त, स्वास्थ्य अवस्थामा सुधार


काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मङ्गलवार भएको एपेन्डिसाइटिसको अप्रेसन पश्चात् खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् ।

अप्रेसन भएको तीन दिनपछि शुक्रवार उपचारमा संलग्न चिकित्सकहरूले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार भएको र खतरामुक्त रहेको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जनाएका छन् । एपेन्डिसाइटिसको अप्रेसनका क्रममा प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरिएको डा. सिंहका बताए ।

करिब १२ वर्ष अगाडि प्रत्यारोपण गरेको मिर्गौलाले पछिल्लो समय राम्रोसँग काम नगरेपछि प्रधानमन्त्री ओलीको निरन्तर डायलासिस गर्न थालिएको छ । प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणको लागि तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्