‘द भ्वाइस किड्स’ मा चम्किए बेलबारीका प्रज्वल पौडेल : ब्याटल राउन्ड पार


तृस्ना कुलुङ राई – बेलबारी । बेलबारी नगरपालिका–४ का प्रज्वल पौडेलले नेपालकै चर्चित रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन ४ को ब्याटल राउन्ड पार गरी आफ्नो यात्रा थप अगाडि बढाएका छन्।

ब्याटल राउन्डमा ‘मैसाबले घाइते डिलमा आर चलाइस्यो’ बोलको गीत गाएर निर्णायकहरूलाई प्रभावित पार्न सफल प्रज्वलले अब लाइभ राउन्डमा प्रतिस्पर्धा गर्ने स्थान सुरक्षित गरेका हुन्। उनको उत्कृष्ठ प्रस्तुति सँगै सिंगो बेलबारी नगर क्षेत्र अहिले उनको चर्चा र गौरवमा रमाइरहेको छ।

लाइभ राउन्डका प्रतिस्पर्धा र नियमसम्बन्धी आधिकारिक जानकारी आयोजकले सार्वजनिक गरिसकेको छैन। तर, आगामी चरणमा दर्शकहरूको भोटिङमार्फत प्रतियोगीहरूको भविष्य निर्धारण हुने अनुमान गरिएको छ।

कक्षा ७ मा अध्ययनरत प्रज्वल, पुरुस्वातम पौडेल र दालामु शेर्पाका ज्येष्ठ छोरा हुन्। केही वर्षयता संगीतमा रुचि देखाउँदै आएका उनले आमाबुवाको प्रेरणा र साथका कारण ‘द भ्वाइस किड्स’ मा आफूलाई प्रतिस्पर्धीका रूपमा स्थापित गर्न सफल भएको बताए।

आफ्ना छोराको सफलतामा खुशी व्यक्त गर्दै प्रज्वलका बुवा–आमा पुरुस्वातम र दालामुले आगामी दिनमा भोटिङ प्रक्रियामा सबैले प्रज्वललाई साथ र समर्थन गरिदिन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्