वडा सचिवलाई २५ हजार सहित पक्राउ


काठमाडौँ, १२ मङ्सिर । गोकर्णेशवर नगरपालिका–५ का सचिव (खरिदार) दिनेश बास्कोटालाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पक्राउ गरेको छ ।

बास्कोटाले घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ताको लागि २५ हजार घुस मागेका थिए ।

६ नम्बर वार्डको लक्ष्मीनारायण मन्दिरबष्ट अख्तियारको टोलीले बास्कोटालाई नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्