कटुवा पेस्तोलसहित एक जना पक्राउ


काठमाडौँ, १२ मङ्सिर ।  उदयपुरको बेलका नगरपालिका ३ बस्ने १९ वर्षीय मनोज खत्रीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । अपहरणमा संलग्न खत्री र विशाल लिम्बुले १६ वर्षीय विशेष खड्कालाई जंगलतिर लगेका थिए ।

अपहरणमा परेका खड्काको आइतबार रातिनै स्थानीय र प्रहरीले जंगलनजिकै मुर्तिखोलाबाट उद्धार गरेको छ । प्रहरी पुगेपछि लिम्बू भने फरार भएको र खत्रीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायक निरीक्षक हरि बहादुर खड्काले बताए ।

खत्रीको साथबाट कटुवाल पेस्तोल, एक थान गोलीसमेत बरामद गरिएको छ । सोमबारनै जिल्ला अदालत हाजिर गराएर शरीर बन्दुक तथा अपहरण र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको छ भने घटनाको मुख्य नाइके फरार लिम्बू नै भएको प्रहरीले बताएको छ ।

अपहरणको कारण भने सामान्य झगडा मात्रै भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्