विराटनगरमा करेन्ट लागेर एक युवाको ज्यान गयो


मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ मा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । शुक्रवार राति करिब साढे १ बजे विवाह समारोहका क्रममा डिजे कार्यक्रम चलिरहेका बेला अचानक करेन्ट लाग्दा १७ वर्षीय अमित यादवको ज्यान गएको हो ।

स्थानीय विजय यादवका छोरा अमित विवाह समारोहमा डिजेमा नाचिरहेका बेला अचानक डिजेको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । तर अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्थानीय स्तरमा घटना सम्बन्धी अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्