सुनसरीमा ब्राउन सुगरसहित ७ जना पक्राउ


सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ । असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–११ का १९ वर्षीय सुअन तामाङ र २७ वर्षीय मिसन राई, धरान–१५ का ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ र ३१ वर्षीय प्रस्ताव राईलाई २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनीहरू लागू औषध बिक्री वितरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमाननगरका २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका–८ बाट २ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूबाट ओसारपसारमा प्रयोग भएका दुई थान सवारीसाधन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्