केराबारीमा फुड एन्ड म्युजिकल फेस्टिभल तथा टुरिजम फेयर कार्यक्रम हुने


असोक गुरुङ-

केराबारी, १२ मङ्सिर ।  सरकारले २०२० लाई पर्यटन वर्ष मनाउने नीति ल्याई रहँदा केराबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले केराबारी गाउँपालिकामा फुड एन्ड म्युजिकल फेस्टिभल तथा टुरिजम फेयर कार्यक्रम हुने भएको छ ।

होटेल तथा पेय पदार्थ व्यवसायी सङ्घ केराबारीको आयोजनमा “आन्तरिक पर्यटनको विकास गरौँ समुन्नत समाजको निर्माण गरौँ’’ “नयाँ स्वाद र परिकार सहितको पर्यटन प्रवर्द्धन समृद्ध केराबारी हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ आगामी मङ्सिर ४ गते देखि २४ गते सम्म केराबारी फुड एन्ड म्युजिकल फेस्टिभल तथा टुरिजम फेयर हुने भएको हो ।

पर्यटन प्रवर्द्धनको विकास गर्न सम्भावित केराबारीको विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाहृय पर्यटकहरूलाई भ्रमणमा ल्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा कार्यक्रममा जातीय परिकारहरूको स्टलको साथै हाइकिङ, पैराग्लाइडिंग लगायतका खेलहरू पनि हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा बोल्दै केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीले उक्त कार्यक्रममा गाउँपालिकाको सहयोग रहने बताएका छन् । प्रमुख कार्कीले आन्तरिक व्यावसायी भित्राउनु निजी व्यवसायहरुलाई आचारसंहिता सहित कलकारखाना, उद्योग धन्दा, पेय पदार्थ होटेल तथा सामूहिक व्यवसाय गर्नलाई पुर्वधारको विकास साथै ५० प्रतिशत वाड नं. ५ को सिन्धुलीको होम स्टेमा पालिकाको सहयोग रहेको र महिला व्यवसायीहरुलाई राजस्व समेत नलिएको जनाए ।

पर्यटन प्रवर्द्धनको लागि ऐतिहासिक स्थल, पर्यटकीय स्थल अवलोकन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राई राष्ट्रिय विकासको लागि योगदान दिन मुख्य उद्देश्य रहेको होटेल तथा पेय पदार्थ व्यावसायिक सङ्घको सचिव सञ्जय तामाङले बताए ।

केराबारीको मच्छिन्द्र चोकको सडक पेटीमा एक हप्ता सम्म सञ्चालन हुने सो फुट फेस्टिभलको अवसरमा स्थानीय मौलिक परिकारका खाना तथा भोजन सहित जातीय सांस्कृतिक परिकारका खानेकुरा र विभिन्न जातिहरूको पहिचान झल्काउने नृत्यहरू प्रस्तुत गरिने केराबारी होटेल तथा पेय पदार्थ व्यवसायी सङ्घका अध्यक्ष द्रव बहादुर खत्रीले बताए ।

https://youtu.be/Lt_xze5ukyc

प्रतिक्रिया दिनुहोस्