भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन सरकारले दिए सहमति


काठमाडौँ, १२ मङ्सिर । भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाका अनुसार गुठी विधेयक पनि एकीकृत विधेयकमै समेटिने छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको बास्कोटाले जानकारी दिएका छन् ।

सरकारले यसअघि ल्याएको गुठी विधेयकको विरोधमा काठमाडौँमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्