सुन्दरहरैंचा गोठगाउँमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको निधन


मोरङ, सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। स्थानीय रूपमा ‘कान्छा कान्छी’ उपनामले परिचित ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया (भुल कुमारी) लिम्बूको मदेली खोलामा करेन्ट प्रवाह गर्दा घटनास्थलमै निधन भएको हो।

प्रहरीका अनुसार स्थानीय खोलामा माछा मार्ने क्रममा करेन्ट प्रयोग गरिरहेका थिए। पोलबाट हुक जोडेर माछा मार्न घरेलु विद्युतीय उपकरणको सहारा लिने क्रममा अचानक विद्युत् प्रवाह तीव्र भएपछि दुवै जना करेन्टको चपेटामा परेका थिए।

घटना बारे थाहा पाए पछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, असावधानीपूर्वक प्रयोग गरिएको विद्युत् प्रवाहकै कारण दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्