बेलबारीमा १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमको उद्घाटन


मोरङ, १२ मङ्सिर / बेलबारीमा १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रम बुधवार देखी सुरु भएको छ । बेलबारीको नगरपालिका कार्यालय स्थित नेपाल आदिवासी जनजातिको सभाहलमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

बुधवार मनोविमर्श तथा सुरक्षा आवास गृह आवश्यकता विषयक नगर स्तरीय संवाद कार्यक्रमको आयोजना गरेर १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाका पराजुलीले महिला हिंसा विरुद्ध सम्बन्धित कविता तथा व्यानर वाचन गरेर भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला हिंसा विरुद्ध कार्यक्रमलाई सफल बनाउन बेलबारी नगरपालिकाले सहयोग गर्ने बताइन । उपप्रमुख पराजुलीले कार्यक्रमको शुभकामना प्रदान गर्दै महिला हिंसा अन्त्य गर्न सबै महिला दिदीबहिनीहरू सचेत भएर एक हुनु पर्ने बताएकी छन् ।

२८ औँ १६ दिने महिला विरुद्ध अन्त्यका लागि अन्तर्रा्ष्ट्रिय दिवस २०१९ कार्यक्रम उज्यालो महिला फेडेरेशन, बेलबारीको आयोजनामा, महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपाल र बेलबारी नगरपालिकाको सहयोगमा भएको उज्यालो महिला फेडेरेशन, बेलबारीका अध्यक्ष तिला लेकालीले जनाइन ।

कार्यत्रलममा महिला अधिकार मञ्च १ नं. प्रदेश प्रमुख सिता सुवेदी, महिला सञ्जाल बेलबारी अध्यक्ष शर्मिला मगर, महिला प्रतिभा सँघका अध्यक्ष शकुन्तला सुवेदी लगायत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा अन्य महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अध्यक्ष लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तारा सुवेदीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्