युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित


काठमाडौं । सत्तारुढ नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका क्षितिज थेबेको प्यानलै विजयी भएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए । यस पटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए । पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे ।

निर्वाचनमा १४०४ मत खसेको थियो । थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे । यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो ।

प्रतिक्रिया दिनुहोस्