बेलबारी । नेकपा (एमाले) वडा कमिटी बेलबारी २ ले ३२औँ मदन आश्रित स्मृति दिवस मनाएको छ । शनिवार बेलबारी नगरपालिका वडा नं.२ को वडा कार्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरेर स्मृति दिवस मनाएको हो ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख तथा नेकपा एमाले कोशी प्रदेशका सचिवालय सदस्य दिल प्रसाद राईद्वारा भएको हो । कार्यक्रममा संविधान सभा सदस्य मधु गुरुङ, नेकपा एमाले कोशी प्रदेश सदस्य जे.वि थुलुङ, नरेन्द्र बराल, बेलबारी २ का वडाध्यक्ष तथा नेकपा एमालेका मोरङ जिल्ला सदस्य कृष्ण गुरुङ, बेलबारी २ पूर्व वडाध्यक्ष घनश्याम गौतम, पूर्व जिल्ला सदस्य ईरान राई लगायतको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) वडा कमिटी बेलबारी २ को आयोजना तथा अखिल नेपाल महिला संघ वडा कमिटी बेलबारी २ को व्यवस्थापनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कपुर, जडुल, सीता अशोक, अस्ट्रेलियन लिची, आँप, अरवियन केरा, बडर, महा वृक्ष नाग लिङ्गम्, बेल, नीम, रातो शिरीष, अम्बा, कल्की, जामुन लगायतको फलदायी बिरुवा रोपेको नेकपा (एमाले) बेलबारी २ का अध्यक्ष राजु परियारले जनाएका छन् ।