सुन्दरहरैचा १२ मा लागुऔषद विरुद्ध ‘जीवनका भुलहरू’ सडक नाटक हुने


मोरङ, मङ्सिर १० / सुन्दरहरैचामा ‘जीवनका भुलहरू’ नामक जनचेतना मूलक सडक नाटक हुने भएको छ । सुन्दरहरैचा सांस्कृतिक परिवारले सो नाटक गर्न लागेका हुन ।

मङ्गलबार सुन्दरहरैचा वाड नं. १२ को वाड कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । नाटकको लेखन तथा निर्देशन सुन्दरहरैचा सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले गर्दै छन् । लागुऔषध दुरुपयोग विरुद्ध जनचेतना मूलक आधारित नाटक रहेको आयोजकले बताए ।

सम्मेलनमा सांसद राजकुमार ओझाले शुभकामना प्रदान गर्दै, समाजलाई लागुऔषध मुक्त बनाउन ‘जीवनका भुलहरू’ सडक नाटकमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष बस्नेतका अनुसार, वाड नं. १२ भरी नाटक प्रस्तुत हुने छ । नाटकमा सिद्धार्थ स्कुलमा अध्ययनरत विद्यार्थीहरू कलाकारहरूले अभिनय गर्ने बस्नेतले जनाएका छन् । नाटक ३ दिन सम्म हुने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्