बेलबारी । नेकपा (एमाले) बेलबारी नगरपालिका वडा नं.२ को अध्यक्षमा सर्वसम्मत राजु परियार पुनः निर्वाचित भएका छन् । शनिवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट परियारको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको छ ।
उपाध्यक्ष प्रेमबहादुर राई, सचिव कृष्ण कुमार मेन्याङ्बो, उप सचिव नैना राई र राजकुमार धिमाल निर्वाचित भएका छन् । अधिवेशन नेकपाएमाले, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीलाई योगदान पुराउने ८ जनालाई वडा कमिटीले सम्मान पनि गरेको छ । मृत्यु उपरान्त स्व. यादव प्रसाद पोखरेललाई सम्मान गरिएको छ । साथै माधव प्रसाद ओझा, अमृत बहादुर गुरुङ, महेन्द्र विश्वकर्मा, लीलादेवी गौतम, धनमाया ढकाल, नृपेन्द्र खत्री र जित बहादुर राई सम्मानित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले), केन्द्रीय सल्लाहकार परिषद् सदस्य ढकाल, जिल्ला कमिटी उपसचिव सन्तोष बान्तवा, जिकस एमाले तथा बेलबारी २ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङ, एमाले पूर्व जि. क.स. तथा पूर्व वडाध्यक्ष घनश्याम गौतम, अनेमसङ्घ बेलबारी नगर कमिटी अध्यक्ष नैना राई लगायतले शुभकामना प्रदान गर्दै नेकपा (एमाले) बेलबारी २ ले सर्वसम्मत कमिटी गठनले एकताको सन्देश प्रदान गरेको बताए ।
नेकपा (एमाले) कोसी प्रदेश कमिटीका सचिवालय सदस्य तथा कार्यालय सचिव नरेन्द्र बरालले नव निर्वाचित समितिलाई शपथ गराइए ।