सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा १२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको ३१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका जिल्ला अध्यक्ष जगत बस्नेत थिए ।समारोहमा पुरस्कार वितरण तथा विभिन्न सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले वक्तृत्वकला , गीत सङ्गीत , नृत्य , नाटक, कविता , गायन लगायत सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
अभिभावक तथा शिक्षिकाहरूको संयुक्त सांस्कृतिक प्रस्तुतिले कार्यक्रम थप आकर्षण बनेको थियो । कार्यक्रममा कक्षा अनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष छुट सुविधा सहित पुरस्कार वितरण गरिएको विद्यालयका प्रिन्सिपल गोविन्द कार्कीले जानकारी दिए । उनले विद्यालय प्रथम स्थान प्राप्त गर्ने विद्यार्थीलाई भने विशेष रूपमा छुट दिने व्यवस्था गरिएको उल्लेख गरे ।
कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको थियो। विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका समर्पित शिक्षक तथा कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको अवसरमा पत्रकार मणिराम दाहाललाई नगद रू १० हजारका साथमा सम्मानपत्रद्वारा पत्रकारिता क्षेत्रमा विगत १८ वर्ष देखि योगदान पुराए बापतमा विशेष सम्मान गरिएको थियो । व्यक्तित्व सम्मानमा समाज सुधारक भीमबहादुर खत्री र शिक्षक कर्मचारी सम्मानमा विपिन सुवेदी साथै सवारी चालक पाँचुलाल चौधरीलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा अभिभावक सम्मान गरिएको थियो । कार्यक्रममा संस्था सम्मान अन्तर्गत नौमती बाजा सांस्कृतिक समूहलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा दीर्घ सेवा सम्मानद्वारा शिक्षक शिक्षिकाहरूलाई नगद सहित सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा कञ्चन भण्डारी, इशा पराजुली, रूक्मणी सुन्दास, मनोज ठाकुर, तुलसा दाहाल, मनोज गुरागाईँ, अनुज ढुङ्गेल,दीपेन्द्र अधिकारी तथा दीपक गौतम रहेका छन् ।
कार्यक्रम विद्यालयका निर्देशक रमेश खड्काको स्वागत मन्तव्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा अभिभावक कृष्णप्रसाद भट्टराई, ज्यो. विष्णुप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।