विराटनगर । नेकपा एमालेको विद्यार्थी जनसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिवार विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न जिल्ला स्तरीय बृहत् विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन ।
उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, सङ्गम कन्दङवा, एलिस ओझा, सचिवमा मनोज लामा कार्की चयन भएका छन् । त्यस्तै सहसचिवमा विप्लव पोखरेल, प्रीति दाहाल, गौरी बस्नेत, छवि श्रेष्ठ र कोषाध्यक्षमा प्रवीण खतिवडा चयन भएका छन् ।
सदस्यमा पूजन न्यौपाने, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनीश पोखरेल, प्रवीण ढकाल चयन भएको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।