नेकपा (एमाले) बेलबारी ३ मा पुस्तान्तरण : अध्यक्षमा भोगेन्द्र राई, सचिवमा अजित भगत


बेलबारी । नेकपा (एमाले) बेलबारी नगरपालिका वडा नं.३ को वडाध्यक्षमा भोगेन्द्र राई निर्वाचित भएका छन् । शनिवार सम्पन्न बेलबारी ३ दोस्रो वडा अधिवेशनद्वारा राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

यस पटक वडा कमिटीको कार्यकारी जिम्मेवारीमा युवाहरूको बाहुल्यता रहेको छ । अध्यक्ष, सचिव, उपसचिवहरू युवा रहेका छन् । निवर्तमान कमिटी र अधिवेशनको सभाले वडा कमिटीको जिम्मेवारी पुस्तान्तरण गरेका छन् ।

राईको नेतृत्वमा २१ सदस्य कमिटी निर्माण भएको छ । त्यस्तै उपाध्यक्षमा मञ्जु रायमाझी, सचिवमा अजित भगत, उपसचिवमा दुर्गा बहादुर वि.क, शान्ति राई सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यमा ध्यान बहादुर दर्जी, टिकाजंग काफ्ले, कोपिला सुवेदी, यशोदा लुइँटेल, लक्ष्मण तामाङ, किरण राई, किरण लिम्बु, मिना भुजेल, पशुपति राई, चन्द्र राई निर्वाचित भएका छन् । र ६ जना सदस्य मनोनयन गर्ने बाकी रहेको छ ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राई, कोशी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, जिल्ला कमिटी सचिवालय सदस्य योगेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो । यस अघि वडाध्यक्ष उज्ज्वल शर्मा थिए । भने भोगेन्द्र राई सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्