बेलबारी । बेलबारी नगरपालिकाले विद्यार्थीहरूलाई रु.१४ लाख ३४ हजार ८ सय बराबरको छात्रवृत्ति प्रदान गर्दै छ । बेलबारी नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने १७० जना विद्यार्थीहरूलाई सो रकमको छात्रवृत्ति प्रदान गरेको हो ।
शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले बेलबारी नगरपालिकाभित्र माध्यमिक तह कक्षा ११ र १२ सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले जनाएका छन् । राई अनुसार यस आर्थिक वर्ष उक्त छात्रवृत्ति रकम बेलबारी भित्रका ८ सामुदायिक विद्यालयलाई प्रदान गरिएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकहरूले विद्यालय प्रशासनसँग सम्पर्क गरी छात्रवृत्तिको सुनिश्चितता समेत गर्न नगरपालिकाले आग्रह गरेको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली नगरपालिका/विद्यालयको वेबसाइट तथा फेसबुक पेजमा समेत प्रकाशन गरिएको बेलबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
बेलबारी नगरपालिकाले कक्षा ११ मा विज्ञान विषय अध्ययनरत कुल विद्यार्थीहरूमध्ये ५० प्रतिशत विद्यार्थीहरूलाई लिएको शुल्क बमोजिम पूर्ण छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास शाखाकी प्रमुख एलिना बस्नेतले जनाएकी छिन । उनका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई गत आर्थिक वर्षमा तोकिएको बमोजिमकै रकम उपलब्ध गराइएको छ । र कक्षा ११ का लागि विज्ञान विषय बाहेक अधिकतम रु.९ हजार सम्म र सो भन्दा कम शुल्क लिई आएकाहरूका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो ।
जनता नमुना मा.वि बेलबारी ९ मा कक्षा ११ मा अध्ययन गर्ने ३७ जना, भगवती मा.वि बेलबारी ३ मा कक्षा ११ मा अध्ययन गर्ने २८ जना र कक्षा १२ मा अध्ययन गर्ने २३ जना, धनपाल मा.वि बेलबारी ५ मा कक्षा ११ का ७ जना र १२ मा अध्ययन गर्ने ८ जना, बेलबारी ११ को लक्ष्मी मा.विका कक्षा ११ का ११ जना र कक्षा १२ का ६ जना, बेलबारी ९ को काली मा.विका कक्षा ११ का ५ जना र कक्षा १२ का ६ जना, कसेनी मा.वि बेलबारी ४ को कक्षा ११ का ५ र कक्षा १२ का ५ जना, बेलबारी ८ को जनता मा.विका कक्षा ११ का ७ जना र १२ का ५ जना र बेलबारी १० मा रहेको धिरनाथ स.वि मा.विका कक्षा ११ का ११ जना र १२ मा अध्ययनरत ६ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
क-कसले पाए छात्रवृत्ति ?