७ दिने उद्यमशीलता विकास तालिम सम्पन्न : कानेपोखरी गाउँपालिका


कानेपोखरी । कानेपोखरी गाउँपालिकामा ७ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । वैशाख १६ गत्तेदेखि सुरु भएको तालिम सोमबार कानेपोखरी गाउँपालिका वडा नं.२ को वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तालिमको अधिकतम फाइदा लिन वडाका अध्यक्ष सुशील बुढाथोकीले सहभागी प्रशिक्षार्थीहरूलाई आग्रह गरेका छन् । न्यून उत्पादन, असहज बजार, लगानीको जोखिम भएकै कारण युवाहरू बिदेसिनु पर्ने बाध्यताको न्यूनीकरण गर्न तालिम गरिएको बुढाथोकीले जनाएका छन् । उद्यमीहरूलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग सरकारले गर्नु पर्ने र गर्ने बुढाथोकीले बताए ।

वडा नं. १,२, ३ र ४ गरी १७ जना सहभागी थिए । कानेपोखरी गाउँपालिका रोजगार सेवा केन्द्र अन्तरगत रोजगार परामर्शकर्ता अधिकारीका अनुसार उद्योग तथा व्यवसाय, व्यवसाय तथा गर्दा ध्यान दिने कुराहरू, व्यावसायिक योजना निर्माण, सफल उद्यमी कसरी बन्न सकिन्छ भन्ने बारे, बजार अध्ययन, आफूले सञ्चालन गर्ने व्यवसायको सुस्म छनौट, छनौट गरिएको व्यवसायबाट नाफा÷घाटाको प्राविधिक तथा आर्थिक रूपमा विश्लेषण लगायतको तालिम प्रदान गरिएको हो ।

कानेपोखरी वडा नं.४ का नारायण प्रसाद ढुङ्गाना तालिम प्राप्त भए पछि खुसी व्यक्त गर्दै व्यवसाय विकास तथा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् । तालिम मार्फत उद्यमशीलताको वास्तविक अर्थ बुझ्ने अवसर पाएको ढुङ्गाना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्