औद्योगिक क्रान्तिद्वारा उदाएको श्रमिक दिवसको इतिहास : मिलन घिमिरे


सुुन्दरहरैँचा । औद्योगिक क्रान्ति ग्रेट ब्रिटेन (बेलायत)मा सुरु भयो र धेरै प्राविधिक र वास्तुकला आविष्कारहरू ब्रिटिस मूलका थिए । १८ औँ शताब्दीको मध्यमा बेलायत विश्वको अग्रणी व्यावसायिक राष्ट्र थियो । जसले उत्तर अमेरिका र क्यारिबियनमा उपनिवेशहरू सहितको विश्वव्यापी व्यापार साम्राज्यलाई नियन्त्रण गर्यो ।

भारतीय उपमहाद्वीपमा बेलायतको प्रमुख सैन्य र राजनीतिक प्रभुत्व कायम थियो । विशेष गरी प्रोटो-औद्योगिकीकृत मुगल बंगालसँग ईस्ट-इण्डिया कम्पनीको गतिविधिहरू मार्फत व्यापारको विकास र वृद्धि हुनु औद्योगिक क्रान्तिको प्रमुख कारणहरू थिए ।

औद्योगिक क्रान्तिले इतिहासमा एउटा महत्त्वपूर्ण मोड लियो । औद्योगिक क्रान्तिले दैनिक जीवनका लगभग हरेक पक्षलाई कुनै न कुनै रूपमा प्रभाव पारेको थियो । त्यस समयमा विशेष गरी औसत आय र जनसङ्ख्याको अपत्यारिलो वृद्धि (दिगो) भएको थियो । केही अर्थशास्त्रीहरूका अनुसार औद्योगिक क्रान्तिको प्रभावले इतिहासमा पहिलो चोटि पश्चिमा देशका जनताहरूको आम जीवनस्तर लगातार रूपमा वृद्धि भएको थियो । जसलाई त्यस बखत सजिलै महसुस तथा अनुभूति गर्न सकिन्थ्यो ।

औद्योगीकरणको कारण व्यापक रूपमा उद्योगधन्दा र कलकारखानाहरू विकास भयो । त्यस समयमा यान्त्रिक प्रविधिको प्रयोग प्रारम्भ भयो । मानव श्रमलाई दैनिक १८-२० घण्टा सम्म काम लगाउन थालियो । यस स्थितिले मालिक तथा उद्योगपतिहरू धनी हुँदै गए भने मजदुरवर्ग गरिबी तथा शोषणको चपेटामा परे । आर्थिक रूपमा ठुलो खाडल निर्माण हुन पुग्यो । यस अवस्थामा मजदुर तथा श्रमिक वर्ग जुट्दै गए । मजदुर आन्दोलनको निर्माण भयो । श्रमिक वर्गले वर्गीय हितका निम्ति कठोर आन्दोलन गरे । कयौँ मरे भने आन्दोलनको ज्वाला झन् झन् सल्किँदै गयो । अन्ततः : श्रम सङ्गठनको उदय भयो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना हुनुअघि मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो । त्यति बेला कमभन्दा कम तलब दिइन्थ्यो । ज्याला तथा तलब दिने प्रचलन १९ औँ शताब्दी पछि मात्र सुरु भएको हो । त्यस बखत मजदुरसँग आश्रित परिवारलाई बेवास्ता गरिन्थ्यो । एउटा वर्गले अर्को वर्गमाथि चरम शोषण गरेको अवस्था थियो ।

सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना भयो । आई.एल.ओ.ले आफ्नो स्थापनाकाल देखि नै श्रमिकहरूको हक अधिकारका लागि काम गर्दै आएको छ । विश्वका धेरै मुलुकहरू आर्थिक समृद्धिको दिशातर्फ उकालो लागेपछि श्रम क्षेत्र/बजार विस्तार हुँदै गयो । बिस्तारै श्रम बजारमा श्रमिकको माग समेत बढ्दै गयो ।

औद्योगिक क्रान्ति पूर्व समेत श्रमको प्रयोग भएको पाइन्छ । तर त्यस समयमा श्रम शोषण, दासप्रथा मार्फत राज्यपक्ष तथा शक्ति हुनेहरूले श्रमको मूल्य बिना नै श्रमिकहरूको प्रयोग गर्दथे । यान्त्रिक विकास नभएको चरणमा सबै काम मानवीय श्रम मार्फत जबरजस्त भएका थिए । श्रम र श्रमिकको सम्मान थिएन । शासक वर्गले मानिसहरूको श्रमलाई शोषण गर्दथे, यन्त्र झैँ आफ्नो क्षेत्रमा लाद्ने गर्दथे ।

यस चरणमा धेरै काम, विकास र सृजना त भएका छन् तर त्यस समयलाई फर्केर हेर्दा कहालीलाग्दो श्रम शोषण र धेरैको रगत, पसिना र बिना मूल्यको मृत्युका कथाहरू लुकेका छन् । यसलाई व्यावसायिक जगतको सिद्धान्त अनुरूप श्रम भन्न सकिन्न । किनकि यस अवस्थाले श्रम बापत कुनै मूल्य चुकाएको छैन । श्रमिकको सुविधा/भावनाको प्रतिनिधित्व र सम्मान गरेकै छैन ।

मे-१ को सम्झना :

१९ औँ शताब्दीको औद्योगिकीकरणको समयमा युरोपका उद्योगपतिहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहेको कहालीलाग्दो परिस्थितिका बिच त्यहाँका मजदुरहरूले १- मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम तथा ज्याला, उचित बिदा सुविधा, गुणस्तरीय श्रम/कार्य वातावरणको लागि एकीकृत हुने उद्घोष गरे । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनको माग गरे । सिकागो सहरमा यही माग सहित गरिएको श्रमिकहरूको शान्तिपूर्ण आन्दोलनमा प्रदर्शनकारीहरू माथि गोली चलाउँदा थुप्रैको हत्या भयो । ४ मे- का दिन आक्रोशित प्रदर्शनकारीद्वारा बम विष्फोट गराउँदा ४ प्रहरी सहित ७ जनाको मृत्यु भयो । त्यसपश्चात् घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी समेत दिइयो ।

यसकै ३ वर्षपछि French Socialist Party ले मे- १ लाई (श्रमिकहरू एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day को रूपमा मनाउने घोषणा गर्‍यो । परिणामस्वरूप हामी पनि यो दिनलाई मनाउँदै आएका छौँ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता व्यहोरेका थिए। जसविरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो। अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठुलो हलचल पैदा गर्यो । फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलो पटक श्रमजीवी वर्गको समाजवादी राज्य सत्ता स्थापना भयो ।

हुन तः सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो। तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा गर्यो। त्यति मात्र होइन, रुसी क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो। अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ। यसरी मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो।

शनिवारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी आठ घण्टा गराउन यसै दिन धेरै श्रमिकले ज्यान गुमाएका थिए। अमुक श्रम सहिदहरूको सम्झना पनि गर्न जरुरी छ। विगत वर्षहरूमा जसरी यो वर्ष पनि नेपाली श्रम बजारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मेको रौनकता देखिएको छ। विश्वभरिका श्रमिकहरूले आफ्नो विजयोत्सवको रूपमा मनाइने यो दिवसले सधैँ नै उत्तिकै महत्त्व राख्छ। यो दिवसले १३५ वर्ष पार गरी १३६ औँ वर्षमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्