रमिते सामुदायिक बन उपभोक्ता समूहद्वारा दुई विद्यालयलाई रु.८ लाख सहयोग


बेलबारी । रमिते सामुदायिक बन उपभोक्ता समूहले दुई विद्यालयलाई आर्थिक सहयोग गरेको छ । शनिवार दुवै विद्यालयलाई समूहले रकमको चेक हस्तान्तरण गरेको छ ।

समूहका अनुसार विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तरगत बेलबारी २ मा रहेको कबीर माध्यमिक विद्यालयलाई रु.७ लाख र सिंहदेवी आधार विद्यालयलाई रु.१ लाख रकम सहयोग गरेको हो । कार्यक्रम समूहका अध्यक्ष खगेन्द्र ओझाको अध्यक्षता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्