कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्च अदालतको आदेश


काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा अब नसार्न आदेश दिएको हो ।

‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्