मोरङ । बेलबारीका भजनगायक बिक्रमश्री बास्तोला (यादव) को निधन भएको छ । केही समयदेखि कलेजोको क्यान्सरबाट ग्रसित बास्तोलाको गए राती १ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
२०३१ सालमा साबिकको सुन्दरपुर गाविस, (हालको सुन्दरहरैँचा, मोरङ) मा जन्मिएका बास्तोला पछिल्लो समय भने बेलबारी –११, लक्ष्मीमार्गमा बस्तै आएका थिए । गीतसङ्गीतका साथै साहित्यमा लेखनमा समेत सक्रिय रहँदै आएका बास्तोला श्रीमती र एक छोरी रहेकी छन् ।