कालीखाेला सामुदायिक सेवा समितिको अध्यक्षमा राजेन्द्रप्रसाद ढकाल


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका ९ स्थित कालीखाेला बहुउद्देश्यीय सामुदायिक सेवा समिति काली मन्दिरको १३ औँ साधारण सभाले राजेन्द्रप्रसाद ढकालको अध्यक्षमा निविराेध नवकार्य समिति चयन गरेको छ ।

समितिको साधारण सभाले ३ बर्से कार्यकालका लागि ११ जाना पदाधिकारी सहित ३ जनाकाे लेखा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायणबहादुर थापा सचिव माधवप्रसाद लुइँटेल कोषाध्यक्ष नरेन्द्र बस्नेत तथा सहसचिवमा केशव अधिकारी चयन भएका छन् । साथै सदस्यहरूमा गोपालबहादुर थापा,गणेशराज मास्के ,कविता दाहाल ,गीता लम्साल , राजकुमार राउत तथा सरिता भट्टराई चयन भए ।

त्यसै गरी लेखा समिति संयोजकमा एमणि अधिकारी सदस्यमा गणेशप्रसाद ढकाल तथा चित्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्