नेकपा एमाले बेलबारीको अध्यक्षमा शंकर गुरुङ निर्वाचित : उनी भन्छन्,‘अब प्रतिगामी तत्त्वलाई पराजित गर्ने’


बेलबारी । नेकपा एमाले बेलबारीको अध्यक्षमा शंकर गुरुङ निर्वाचित भएका छन् । २८ गते सम्पन्न दोस्रो नगर अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन ।

गुरुङले प्रमुख प्रतिस्पर्धी हेमसागर ढकाललाई ५६ मत अन्तरले पराजित गरेका छन् । गुरुङलाई १५४ मत खस्दा ढकालले ९८ मत प्राप्त गरेका छन् । गुरुङ यस अघि अध्यक्ष थिए भने ढकाल उपाध्यक्ष थिए ।

उपाध्यक्षमा राजु राई, सचिवमा अजित अधिकारी निर्विरोध निर्वाचित भएका छन् । उपसचिवमा अरुण कुमार चौधरी, आनन्द मोते र सिताराम न्यौपाने बिच प्रतिस्पर्धा भएको थियो । चौधरी उपसचिवमा निर्वाचित भएका छन् ।

चौधरी १३६ मत प्राप्त गर्दै विजयी भएका हुन । मोतेले ६९ र न्यौपानेले ३७ मत प्राप्त गरे । महिला उपसचिवमा सुनिता चौधरी निर्विरोध निर्वाचित भएकी छिन । लेखा संयोजकमा हेम बहादुर श्रेष्ठ र तीर्थ सिग्देलबिच प्रतिस्पर्धा भएको थियो ।

श्रेष्ठ लेखा संयोजकमा निर्वाचित भएका छन् । श्रेष्ठले १६२ मत प्राप्त गरेका छन् । सिग्देलले ८१ प्राप्त गरे । सदस्यहरूमा ६९ सर्वसम्मत निर्वाचित भएका छन् भने ६ जना महिला सदस्यहरू थप गर्न बाकी रहेको नेकपा एमाले बेलबारीका नवनिर्वाचित अध्यक्ष गुरुङले जनाएका छन् ।

गुरुङले पहिलो प्राथमिकता पार्टीलाई मजबुत बनाउन एकताबद्ध बनाउने साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध भइरहेको वर्तमान गतिविधिलाई अन्त्य गर्न, प्रतिगामी तत्त्वलाई पराजित गर्ने कार्य तर्फ अग्रसर हुने बताएका छन् । अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई गुरुङले धन्यवाद व्यक्त गरेका छन् ।
गुरुङका अनुसार यस अघि सर्वसम्मत नगर कमिटी निर्वाचित भएता पनि यस पटक भने अधिवेशनमा सर्वसम्मत गराउने कोसिस गर्दा पनि सम्भव नभएकोले निर्वाचन भएको हो । निर्वाचन एक प्रक्रिया मात्र रहेकोले कसैको जित र हार नभएको गुरुङ बताउँछन् ।

गुरुङले निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, परिबेच्छ, नेताहरू, साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अझै आगामी दिनहरूमा पनि साथ-सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्