नरसिंह मेमोरियल स्कुलको ३३ औँ अभिभावक दिवस सम्पन्न


मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १ स्थित नरसिंह मेमोरियल इङ्लिस स्कुलको ३३ औँ अभिभावक दिवस सम्पन्न भएको छ । मङ्गलवार विद्यालयको प्राङ्गणमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राम विश्वास थिए ।

कार्यक्रममा पढाइ तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको अवसरमा वर्ष भरिका उत्कृष्ट शिक्षक बिन्दा श्रेष्ठ तथा कन्चन काफ्लेलाई नगद पुरस्कार सहित सम्मान गरियो । साथै कार्यक्रममा नरसिंह हजुरबुबा हजुरआमा सम्मान कार्यक्रम अन्तर्गत महेन्द्र शाहु तेली, दुर्गा भट्टराई ,गाेमादेवी भट्टराई , बलबहादुर कार्की , इन्द्रकुमार मास्के , भगिरथ खत्री , सिलनदेवी खवास , विल्टन चौधरी, लिलामाया खड्का , धनबहादुर खत्री , रतनलाल चौधरी तथा लोकबहादुर रायालाई समाज विकासमा योगदान पु-याएकाे भनी सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयबाट एसइई दिएका विद्यार्थीलाई बिदाइ कार्यक्रम गरिएको थियो । अभिभावक भाग्यशाली चिट्ठा अन्तर्गत प्रेमबहादुर खत्रीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको अवसरमा विद्यार्थी तथा शिक्षिकाहरूले रमाइलो नृत्य प्रस्तुत गर्दै उपस्थिति सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल केशव सापकोटा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेविन्दबहादुर कार्की , शिक्षा सेवी रुद्र थापा , समाजसेवी भगवती पौडेल , प्याब्सन नगर अध्यक्ष दीपक केसि लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश अतिथिहरूले नरसिंह मेमाेरियले शिक्षा क्षेत्रमा पु-याएकाे योगदानको प्रशंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गरी कमी कमजोरीको सुधार गरेर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्