भूमि समस्या समाधान आयोग मोरङद्वारा कानेपोखरीमा जग्गा नापजाँचको काम सुरु


कानेपोखरी । मोरङको कानेपोखरीमा भूमि समस्या समाधान आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ । शनिवार पालिकाको समस्या ग्रस्त क्षेत्र अन्तर्गत रहेको कानेपोखरी ७ प्रोगेसिप टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम शुभारम्भ भएको हो ।

कानेपोखरी गाउँपालिकाको ४ वटा वडामा एकैसाथ जग्गा नापजाचँका काम अगाडि बढाइने कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले जानकारी दिएकी छिन । यस अघि वडा नं.६ र वडा नं.४ मा जग्गा नापजाँचको काम सञ्चालनमा रहँदै आएकोमा थप कामलाई तीव्रता दिन पालिकाले भूमि समस्या समाधान आयोगसँग समन्वय गरेर थप कर्मचारीको व्यवस्था गरेर वडा ४,५,६ र ७ मा एकै साथ विशेष प्राथमिकता दिई नापजाँचको काम गरिने उनले बताइन ।

अब कानेपोखरी ४,५,६ र ७ नं वडामा कार्य सञ्चालन गर्न कर्मचारी व्यवस्थापन देखि प्राविधिक उपकरण मेसिनरी औजारहरू कमी हुन नदिई कामलाई अघि बढाइने जोड दिएकी छिन । कानेपोखरी गाउँपालिकाको सबै वडा सुकुम्बासू समस्या, भूमिहीन तथा दलित भूमिहीन समस्या पूर्ण भएकाले यस कार्यलाई थप बाँकी वडाहरूमा पनि प्राथमिकतामा राखी काम अगाडि बढाइने इङ्गनामले बताइन ।

यस्तै भूमि समस्या समाधान आयोगका अध्यक्ष नवीन पौडेलले कानेपोखरीमा तीव्र गतिमा काम भएको र यसरी कार्यालय व्यवस्थापन गरी काम गर्नेमा कानेपोखरी गाउँपालिका अगाडि रहेको पनि बताएका छन् । वडा नं. ६ मा चाडै नापिजाँच तथा सम्पूर्ण प्रक्रिया पूरा गरी तयारी अवस्था सम्पन्न भएकोमा लालपुर्जा वितरणको तयारी पनि गर्ने पौडेलले बताए ।

सरकार परिवर्तनले काममा अब कुनै बाधा नहुने र काम निरन्तर रूपमा भई रहने उनले बताए । सरकारले पुर्जा दिने कामका लागि अघि बढेको बताउँदै पौडेलले यस कार्यमा सहयोग गरिदिनुहुन सबैमा अपिल समेत गरेका छन् । पालिकामा ५ हजार ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्