“नेपाली काँग्रेस इतिहास हुन बेर छैन, म्युजियममा राख्नु पर्ने दिन आउनु बेर छैन” : प्रचण्ड


असोक गुरुङ –
धरान, ११ मङ्सिर । धरान उपमहानगरपालिको भानुचौकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विशाल जनसभामा नेपाली काँग्रेसले फुटाऊ र राज गर नीति अपनाए इतिहासको बस्तु हुने र म्युजियममा राख्नु पर्ने दिन आउन सक्ने बताएका छन् ।

उनले भने,‘ नेपाली काँग्रेसले फुटाऊ र राज गर नीति अपनाए, इतिहासको बस्तु हुन बेर छैन, म्युजियममा राख्नु पर्ने दिन आउनु सक्ने बेर छैन ।’ मङ्सिर १४ गते हुने धरानको उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले विशाल जनसभाको आयोजना गरिएको हो ।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारलाई जनता समक्ष भ्रमको जालोमा नबुनु भन्दै कम्युनिस्टलाई फुटाउने मानसिकताबाट अगाडि बढे काङ्ग्रेसलाई बत्ती बालेर खोज्ने दिन आउने भन्दै काङ्ग्रेसलाई गतिलै प्रतिपक्षीको रूपमा आफूहरूले चाहेकाले कम्युनिस्टविरुद्ध नलाग्न आग्रह समेत गरे ।

उनले भने, ‘लिम्पियाधुरा नै नेपालको सिमाना हो, नेपालको एक इन्च जमिन हडपेको सहन सक्दैनौँ, अर्काको एक इन्च जमिन चाहिँदैन ।’ चुनावी अभियानका क्रममा प्रकाश राईलाई अत्याधिक मतले जिताउन आग्रह गर्दै, केन्द्रबाट धरानका लागि सहयोग गर्न तयार रहेको बताए ।

https://youtu.be/1K8KYADCvj4

प्रतिक्रिया दिनुहोस्