राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ मोरङको अध्यक्षमा ध्यान चन्द चौधरी निर्वाचित


बेलबारी । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल जिल्ला कार्यसमिति मोरङको अध्यक्षमा ध्यान चन्द चौधरी निर्वाचित भएका छन् । चैत १६ गते शनिवार सम्पन्न चौथो मोरङ जिल्ला अधिवेशनद्वारा चौधरी सर्वसम्मत अध्यक्षमा सम्पन्न भएको हो ।

त्यसै गरी उपाध्यक्षमा चन्द्रकला सापकोटा, पठारुलाल राजवंशी, सचिवमा नारायण भट्टराई, कोषाध्यक्षमा सृष्टि तामाङ, सह–सचिवमा अशोक कर्की, सदस्यमा मेघराज दंगाल, लोकमणि तामाङ, विनोद वास्की, एलिना घिमिरे, रेनुका राई, यमनाथ घिमिरे, राजकुमार पोख्रेल, गोविन्द भण्डारी, जीतमाया राई, डिल्ली भण्डारी, प्रविन पाख्रिन निर्वाचित भएका छन् ।

बन्दसत्र नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यमा साथै राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल जिल्ला कार्यसमिति मोरङको अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्