देशभर जाडो बढ्नुको साथै उपत्यकामा शून्य डिग्री पुग्ने


काठमाडौँ , १ मङ्सिर । नेपाल भरि यस वर्षको तापक्रम घटेर जाने भएपछि काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै शून्य डिग्री सम्म पुग्ने अनुमान गरेको छ ।
देश भर चिसो बढेकोले काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्नु सुरु भएको र उपत्यकामा ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समीर श्रेष्ठले बताए । उपत्यकामा केही दिन तापक्रम घटबढ भइरहेपनि माइनसमा पुग्ने सम्भावना भने छैन ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ ।

मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्