कास्की क्षेत्र न. २ मा नेकपाको सभा नजिकै बम विस्फोट


कास्की , ११ मङ्सिर । मङ्सिर १४ गते उपचुनाव आईरहन्र्दा कास्की क्षेत्र न. २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सभामा बम विस्फोट भएको छ ।

पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित सभा नजिकै बसपार्कमा बम विस्फोट भएको छ । नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला विस्फोट भएको हो विस्फोटबाट कुनै क्षति भएको छैन ।

उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्