एसईई दिएर घर फर्केकी १७ वर्षीया एक किशोरी मृत भेटिइन्


कञ्चनपुर । बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत भेटिएकी छन् । जिल्लाको केदारस्युँ गाउँपालिका–१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मल्ल मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । बेलुका कोठामा झुन्डिएको अवस्थामा भेटिएकी मल्लको सुसाइड नोट पनि फेला परेको छ। नोटमा उनले आफू कसैको कारणले नभई आफ्नै कारणले आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छन् ।

प्रहरीका अनुसार कारण भने उल्लेख छैन । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । केदारस्युँ गाउँपालिका–१, स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा अध्ययनरत थिइन्, आंकाक्षा उनका बुवा पूर्ण त्यही विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्