बेलबारीमा तेस्रो भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता चैत्र १६ गतेदेखि हुँदै


बेलबारी । बेलबारीमा तेस्रो भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । भाउन्ने यूथ क्लब बेलबारी १० ले शनिवार पत्रकार सम्मेलन गर्दै चैत्र १६ गतेदेखि प्रतियोगिता सुरु हुने जनकारी गराएको हो ।

क्लब अध्यक्ष अमिर मगरका अनुसार विभिन्न जिल्लाबाट ८ वटा फुटबल टिमको सहभागिता रहने जनाएको छ । फाइनल खेल चैत २३ गते हुने मगरले जनाएका छन् । प्रतियोगिता बेलबारी १० को भाउन्ने खेल मैदान हुने छ । खेलबाट भएको आमदानीले क्लबको अधुरो व्यावसायिक भवन पुरा गर्ने उद्देश्य रहेको अध्यक्ष मगरले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी १० का वडाध्यक्ष गङ्गा याक्खाले शुभकामना प्रदान गर्दै प्रतियोगिता सफल बनाउन सिङ्गो वडाको जिम्मेवारी रहेको बताए । साथै प्रतियोगितालाई सफल बनाउन सिङ्गो खेल प्रेमीहरूलाई आग्रह गर्दै वडा कार्यालयको पनि सहयोग रहने याक्खाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्