निर्माणाधीन परियोजनाबारे पर्यटनमन्त्रीले पाँच दिन भित्र जवाफ माग्यो


काठमाडौँ, ११ मङ्सिर । नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरूलाई पाँच दिन भित्र जवाफ पठाउनु भनिएको छ ।

आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरूलाई निर्माणाधीन परियोजना बारे १५ प्रश्न सोधेका छन् । ठेक्का सम्झौता मिति, कबोल रकम, काम सक्नुपर्ने मिति, अहिलेसम्म भएको काम म्याद थप भएको समयदेखि हालको अवस्था बारे प्रश्न सोधेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास खर्च सन्तोषजनक नभएको भन्दै ठेक्काहरूमा सम्झौता, अहिलेसम्म भएका कामलगायतको विस्तृत रिपोर्ट बुझाउन पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका थिए । काम गर्न नसक्नेहरूको ठेक्का रद्द गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्