बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो


काठमाडौँ ,११ मङ्सिर ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा सन्धिखर्क बाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको छ । सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

दुर्घटनामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनाको मृत्यु भएको छ भने घटनामा ११ जना घाइते भएको छ ।

घटनास्थलमा घाइतेहरूको उद्धार भई रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश विक्रम शाहले बताए । २ जना घाइतेहरूलाई सन्धिखर्कमा उपचार गरेको छ भने अरूलाई बुटवल तिर लगेको छ ।

प्रतिक्रिया दिनुहोस्