बेलबारी । बेलबारी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ को मनोनयन दर्तामा नेपाल विद्यार्थी सङ्घ (नेविसँघ) को आन्तरिक विवादको कारण निर्वाचन समितिले निर्वाचन प्रक्रिया नै स्थगन गर्नुको साथै राजीनामा पनि दिएका छन् । हिजो मङ्गलवार घण्टैको विद्यार्थीको नाराबाजी पछि अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियुको नाम सार्वजनिक गरेको थियो । तर निर्वाचन समितिले ३ सङ्गठनको नामावली सार्वजनिक गर्दै मनोनयन दर्ता सम्बन्धमा केही असहज परिस्थिति उत्पन्न भएकोले उक्त परिस्थिति समाधान नहुन्जेल सम्म निर्वाचनका सबै प्रक्रिया स्थगन गरिएको उल्लेख गर्दै जानकारी पत्र सार्वजनिक गरेको थियो ।
आज बुधवार भने निर्वाचन समितिको संयुक्त राजीनामा पत्र पेस गरिएको एक पत्र क्याम्पसले सार्वजनिक गरेको छ । उक्त पत्रमा ने.विको अन्तर विवादलाई लिएर सिङ्गो ४ सङ्गठनलाई आरोप लगाउँदै कार्य सम्पादन सञ्चालनमा अवरोध सिर्जना गरेको उल्लेख छ । सोही कारण स्वस्फुर्तर निष्पक्षरुपमा काम गर्न असहज भएकोले राजीनामा दिएको भन्ने पत्रमा उल्लेख गरिएको छ ।
निर्वाचन समितिको संयोजकमा गोपाल सुवेदी, सदस्यमा खेम बहादुर चम्लागाई, सुदीपकुमार मण्डल, सङ्गीता राई, मंजुकुमारी गौतम रहेका छन् । नेविसँगको आफ्नै आन्तरिक विवादको कारण निर्वाचनको मनोनयन दर्ता प्रक्रियाबाट बाहिरहदाँ सिङ्गो निर्वाचन समिति र क्याम्पस प्रमुख भूपेन्द्र कोइराला भने जबरजस्ती नेविसँग विना स्ववियु निर्वाचन नै हुनु नहुने कार्यशैलीमा अग्रसर भएको विद्यार्थीहरूको आरोप रहेको छ ।
यस विषयमा अहिले सर्वदलीय बैठक बसेर छलफलबाट निकासको प्रयास भइरहेको स्रोतले जनाएको छ । तर सिङ्गो राजीनामा दिएको निर्वाचन समिति र क्याम्पस प्रमुख कोइरालाले एक सङ्गठनको कारण अन्य सङ्गठनलाई अन्याय गर्न तर्फ अग्रसर भएको विद्यार्थीहरूको आरोप रहेको छ ।
दलको छलफलबाट निर्वाचनको गर्न सहज वातावरण सृजना गर्न विद्यार्थीहरूको आग्रह रहेको छ । साथै अवैधानिक रूपमा नेविसङ्घको मनोनयन दर्ता तर्फ अग्रसर नहुन पनि आग्रह गरिरहेका छन् ।