नेवि सङ्घको अन्तरविवादले सङ्घ दर्ता नहुन निर्वाचन समितिद्वारा सबै प्रक्रिया स्थगन


बेलबारी । बेलबारी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ को मनोनयन दर्तामा नेपाल विद्यार्थी सङ्घ (नेविसँघ) को आन्तरिक विवादको करण निर्वाचन समितिले निर्वाचन प्रक्रिया रोकेको छ । नेवि सङ्घको आन्तरिक विवादले दर्ता प्रक्रियाबाट बाहिरिँदा निर्वाचन आयोगले निर्वाचनको सबै प्रक्रिया स्थगन गरेको हो ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियु दर्ता भएको छ । उक्त संगठनको नामावली प्रकाशन पनि सार्वजनिक गर्न विद्यार्थीहरूले क्याम्पसमा नाराबाजी नै गरेका थिए । घण्टैको विद्यार्थीको नाराबाजी पछि मात्र ३ संगठनको नामावली सार्वजनिक गरेको हो ।

तर निर्वाचन समितिले ३ संगठनको नामावली सार्वजनिक गर्दै मनोनयन दर्ता सम्बन्धमा केही असहज परिस्थिति उत्पन्न भएकोले उक्त परिस्थिति समाधान नहुन्जेल सम्म निर्वाचनका सबै प्रक्रिया स्थगन गरिएको उल्लेख गर्दै जानकारी पत्र सार्वजनिक गरेको छ । नेवि सङ्घ विधि र प्रक्रियाबाट आफ्नै अन्तरविवादबाट बाहिरिँदा दर्ता भएको ति सङ्गठनलाई निर्वाचन समितिद्वारा सास्ती भएको विद्यार्थीहरूले बताए ।

सूचनाको हकबाट वञ्चित गर्दै सिङ्गो निर्वाचन समितिले दर्ता नभएको सङ्गठनलाई समर्थन गरेर निर्वाचन प्रक्रियामा नै अवरोध पुराउने कार्यले विद्यार्थीहरूमाथि अन्याय हुने विद्यार्थीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्