बेलबारी । बेलबारी नगरपालिका वडा नं.१ मा रहेको निर्माणाधीन व्यावसायिक भवनमा मृत युवा फेला परेको छ । सुनवर्षी नगरपालिका वडा ४ निवासी लाल बहादुर सार्कीको शव मृत अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार करिब ३८ वर्षका सार्की केही समयदेखि उक्त भवनमा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा उनको मृत्यु पहिलो तलाबाट ग्राउन्ड तलामा खसेर भएको हुन सक्ने अनुमान गरिएको छ ।
नगर प्रहरीद्वारा बिहान ७ बजे सूचना प्रदान गरे पछि पोस्टमार्टमको लागि विराटनगरको कोशी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको छ ।