आठ मार्चको अवसरमा मार्केट मार्च


धरान । झुनास फिट्नेस एण्ड वेलनेश धरान १९ ले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ । फागुन २३ र २४ गते हुने मार्केट मार्चमा ३२ वटा स्टलहरू रहेका छन् ।

स्टलमा महिलाहरूले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरू, बिरुवा, रैथाने उत्पादनहरू र जातीय परिकार र कोरिएन परिकारहरू रहेको झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले बत्ताउनु भयो । स्थानीय महिला दिदी बैनीहरूले सानो लगानीमा उत्पादन गरेका उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले मार्केट मार्च गरेको सञ्चालक राईले बताउनुभयो । वहाँले भन्नुभयो यो चौथो मार्केट मार्च हो यसलाई बिस्तारै परिमार्जन गर्दै लाने छौँ ।

महिलाहरूको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकार सहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको इतिहासलाई स्मरण गर्दै महिलाहरूको मेहनत र सङ्घर्षलाई प्रवर्द्धन गर्न मार्केट मार्च गरिएको सञ्चालक राईले बताउनुभयो । २० वर्षदेखि फिट्नेस प्रशिक्षकका रूपमा क्रियाशील राईले आफ्नै लगानीमा पाँच वर्षदेखि सञ्चालन गरेको झुनाज फिट्नेश एण्ड वेलनेशमा जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ र क्याफेको सेवाहरू दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्