चलचित्र ‘राजागंज’को प्रचारका क्रममा सुन्दरहरैँचामा निर्देशक


मणिराम दाहाल – सुन्दरहरैँचा । नेपाली फिल्म ‘राजागंज’ को प्रदर्शन मिति नजिकिँदै गर्दा यति बेला निर्माता सहित स्क्रिन सो का लागि देश दाैडाहमा छन् । यो फिल्म चैत १ गते रिलिज हुने भएको छ । देश बाहिर ‘पूजा, सर’ को नाममा स्क्रिन सो भएको फिल्म स्वदेशमा ‘राजागंज’ शीर्षकमा प्रदर्शन हुने भएको छ ।

यसकै प्रचार गर्न प्रिमियर सो का लागि मोरङको सुन्दरहरैँचामा रहेको शिल्पी थिएटरमा आएर फिल्मका विषयमा जानकारी गराएका हुन् । दीपक रौनियारको निर्देशन रहेको फिल्मको निर्मातामा रामबाबु गुरुङ र दयाहाङ राईसँगै भारतीय निर्देशक अनुराग कश्यप पनि जोडिएका छन्।

महिलाप्रधान यो फिल्मको शीर्ष भूमिकामा आशा मगराती छिन्। साथमा दयाहाङ राई, विजय बराल, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, घनश्याम मिश्रा, परमेश्वर झा, रिंकु गायत्री झा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्